Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

विश्व

रूसी आक्रमणमा दश सिरियालीको मृत्यु

इकागज |
कात्तिक १, २०८१ बिहीबार १७:३० बजे

काठमाडौँ - उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै  ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ ।

“इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित दश जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३० जना घाइते भएको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ ।


रूसले इदलिब सहरको बाहिरी भागमा ‘एउटा आरा मिल, फर्निचर र ओलिभ प्रेसर“ मा प्रहार गरेको उक्त संस्थाले जनाएको छ ।

सिरियाको नागरिक सुरक्षा बलले आफ्ना टोलीहरूले रूसी हमलामा मारिएका व्यक्तिहरूको शवलाई भग्नावशेषबाट निकालिरहेको जनाएको छ ।

नागरिक सुरक्षा बलका अनुसार बुधबारको आक्रमणले ‘कामदारहरू भित्र रहेको बेला फर्निचरलाई लक्षित गर्दा दश जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३२ जना गम्भीर घाइते भएका थिए ।

सिरियाका राष्ट्रपति बशर अल–असदसँगको सहकार्य गरिरहेकोरूसी सेनाले इदलिबमा भएको आक्रमणमा बमबारीबारे कुनै टिप्पणी गरेको छैन ।

इदलिब प्रान्तको आधा र अन्य क्षेत्रहरूमा अल–कायदा समूहको नियन्त्रण रहेको छ । 

सन् २०२० मार्चमा सिरियाली सरकारको आक्रमणपछि रूस र टर्कीको मध्यस्थतामा यो क्षेत्रमा युद्धविरामको घोषणा गरिएको थियो । 


Author

थप समाचार
x