विश्व

खार्किभ शहरबाट अन्यत्र जान युक्रेनका सर्वसाधारणलाई आग्रह

इकागज |
कात्तिक ३, २०८१ शनिबार ६:५८ बजे

युक्रेन- युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसहरूलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ ।सन् २०२२ मा मस्कोले आफ्नो आक्रमण सुरु गरेको छ महिनापछि किएभले रूसबाट फिर्ता लिएको उक्त क्षेत्रका सर्वसाधारणलाई घर छोडी सुरक्षित स्थलतर्फ जान खार्किभले आग्रह गरेको हो । 

उत्तरपूर्वी खार्किभ क्षेत्रको प्रमुख रेल केन्द्र कुपियान्स्कले पछिल्लो समयमा मस्कोका सेनाहरू सहरको केही क्षेत्र भित्र पुग्दा घातक आक्रमणको सामना गर्नु परेको छ ।


“निरन्तरको आक्रमणको कारण त्यहाँका बासिन्दालाई बिजुली र पानीलगाएतका आधारभुत आवाश्यकतासमेत उपलब्ध गराउन नसकेको यस क्षेत्रका गभर्नरले बताएका छन् । उनका अनुसार कुपियान्स्क र नजिकैका तीन समुदायका सबै नागरिकहरूलाई उक्त स्थान  छोड्न आदेश दिइएको छ ।  

गभर्नर ओलेग सिनेगुबोभले आफ्नो टेलिग्राममार्फत् यस क्षेत्रका दश हजार मानिसहरूलाई निस्कासन गर्न आवश्यक रहेको उल्लेख गरेकी छन् । उनका अनुसार घर छोडी सुरक्षित स्थलतर्फ पलायन हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । 

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि मस्कोले कुपियान्स्कलाई कब्जा गरेको थियो भने युक्रेनी सेनाले लगभग छ महिनापछि यसलाई पुनः कब्जा गरेको थियो । 

युद्धअघि यस क्षेत्र करिव ३० हजार मानिसहरूको वासस्थान थियो । बारम्बारको रूसी आक्रमणले गर्दा यस क्षेत्रका धेरै भवनहरू नराम्ररी क्षतिग्रस्त भएका छन् धने दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता रूससँगको युद्ध अन्त्य गर्ने आफ्नो दृष्टिकोण तय गर्दै महत्वाकाङ्क्षी ‘विजय योजना’ सार्वजनिक गरेका छन् ।  

रूस पूर्वी युक्रेनका क्षेत्रमा महिनौंदेखि अगाडि बढिरहेको छ भने किएभको सेनाले थकान र जनशक्तिको अभावको सामना गरिरहेको कारण दशौं साना सहर र गाउँहरू रूसको कब्जामा परेका छन् । (एएफपी)


Author

थप समाचार
x