विश्व

आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

इकागज |
कात्तिक ३, २०८१ शनिबार १२:५२ बजे

काठमाडौँ- भारतको आम आदमी पार्टी (आप)का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेशपछि जैन शुक्रबार रातिनै तिहाड जेलबाट रिहा भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा ८१७ दिनदेखि जेलमा थिए । उनलाई ३० मे २०२२ मा पक्राउ गरिएको थियो ।


दिल्लीका मुख्यमन्त्री आतिशी, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र राज्यमन्त्री सञ्जय सिंह र अन्य आप कार्यकर्ताहरूले जेलबाहिर सत्येन्द्रलाई स्वागत गरेका थिए ।

रिहा भएपछि सत्येन्द्रले भने- 'अरविन्द केजरीवालले पहिले नै भनेका थिए कि यो आगोको खोला हो, यसमा तर्नु पर्छ, जेल पक्कै जानुपर्छ, याद राख । अतिशी जी हार्वर्डबाट पढेर आएका हुन् । उनीहरूलाई जेल पनि जानु पर्ने हुनसक्छ' उनले अगाडि भने 'अरविन्द केजरीवाल जनताको लागि काम गर्छन् र केन्द्र सरकारले दुई जनाका लागि मात्र काम गर्छ ।' 

योसँगै जेल गएका आम आदमी पार्टीका जैनसहितका चार शिर्ष नेताहरू अरविन्द केजरिवाल, मनिष सिसोदिया र संजय सिंह जमानतमा रिहा भएका छन् ।


Author

थप समाचार
x