विश्व

टर्कीको एयरोस्पेस कम्पनीमा हमला, चार जनाको मृत्यु

इकागज |
कात्तिक ७, २०८१ बुधबार २१:५९ बजे

काठमाडौँ - टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको छ । यस आक्रमणमा हालसम्म ४ जनाको मृत्यु भइसकेको र १४ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

राजधानी अंकाराबाट ४० किलोमिटर टाढा काहरामानकाजानमा आक्रमण भएको थियो । आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको सार्वजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिन्छ । उनीहरू त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालेको बताइएको छ ।


मिडिया रिपोर्टका अनुसार ट्याक्सीमा जम्मा ३ जना सवार थिए । उनीहरुमध्ये एक महिला पनि थिइन् । तीमध्ये एक आत्मघाती हमलावर थिए, जसले आफूलाई बम विष्फोट गराए । बाँकी २ जनाले मानिसमाथि गोली चलाउन थालेको बताइएको छ ।

अहिले घटनास्थलमा सुरक्षा बल, एम्बुलेन्स र दमकल पठाइएको छ । स्थानीय मिडियाका अनुसार यस कम्पनीमा करिब १५ हजार मानिस काम गर्छन्। टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी संगठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को नाम आएको छ । स्थानीय सञ्चारमाध्यममा पनि यो हमलाको पछाडि उनको हात रहेको आशंका गरिएको छ ।

पिकेकेको स्थापना १९७८ मा अब्दुल्ला ओकलनद्वारा गरिएको थियो । पीकेकेले यसअघि टर्कीमा धेरै आतङ्ककारी घटनाहरू गराइसकेको छ ।


Author

थप समाचार
x