विश्व

जापानको सत्तारुढ दलले बहुमत गुमायो

इकागज |
कात्तिक १२, २०८१ सोमबार ७:३४ बजे

जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । जापानको सार्वजनिक टेलिभिजन एनएचकेका अनुसार ले आइतबार यो जानकारी दिएको हो ।


त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ ।

रिपोर्टका अनुसार कथित आर्थिक घोटालालाई लिएर मतदाताहरू बीच असन्तुष्टिको असर निर्वाचन परिणाममा परेको छ ।

अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए ।

२००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो । निर्वाचनको परिणामपछि अब जापानको सरकार कसले बनाउछ भन्ने अझै स्पष्ट नभएको रिपोर्टमा उल्लेख छ ।  


Author

थप समाचार
x