Ekagaj Logo
१५ कात्तिक २०८१, बिहीबार
(Thursday, 31 October, 2024)

विश्व

दक्षिणपूर्वी स्पेनमा बाढी, ५१ जनाको मृत्यु

इकागज |
कात्तिक १४, २०८१ बुधबार १७:२५ बजे

काठमाडौँ - भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको प्रशासनले जनाएको छ ।

राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ । यसैबीच सामाजिक सञ्जालमा धेरै भिडियोहरू बाहिर आएका छन् । यसमा धेरै कारहरू तैरिरहेका देखिन्छन् ।


अर्कोतर्फ, बाढीमा फसेका सयौं मानिसहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि कल गरिरहेका बताएका छन् । 

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् ।


Author

थप समाचार
x