विश्व

इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

इकागज |
कात्तिक १८, २०८१ आइतबार १०:२५ बजे

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने  प्रविद्धता व्यक्त गरेका छन् । 

 खमेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थक विरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन् ।  


तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन् ।

गत सेप्टेम्बर–२३ मा इजरायलले द्वन्द्व बढाउनु अघि सन् २०२३ अक्टोबर –७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे ।

खमेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै  इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताएका छन् ।  

अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ । जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी– ५२ लडाँकु विमानहरू समावेश छन् । 

खमेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियमकलाप  गरिरहेको  बताएका छन् ।  

यसै गरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई “निर्णायक“ जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ ।  (एएफपी)


Author

थप समाचार
x