Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

विश्व

अमेरिकी महिला मार्चमा हजारौँद्वारा गर्भपतन अधिकारको आवश्यकतामा जोड

इकागज |
कात्तिक १९, २०८१ सोमबार १४:७ बजे

वासिङ्टन-  चुनावको तीन दिनअघि हजारौँ महिला शनिबार वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि उनको आह्वानप्रति जोडदार समर्थन प्रदर्शन गरेका छन् ।

उपराष्ट्रपतिले रिपब्लिकन डोनाल्ड ट्रम्पविरुद्धको आफ्नो ह्वाइट हाउस अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाएका छन् र वार्षिक महिला मार्चमा प्रदर्शनकारीहरूबीच यो विषय निरन्तर उठेको छ ।


“महिलाका रूपमा हाम्रो अधिकारको समर्थन गर्ने उम्मेदवारलाई मतदान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो”, उत्तर क्यारोलिनाबाट कार्यक्रममा सहभागी हुन आएकी १९ वर्षीया लिया ब्रुकरले भने ।
 
उनले पहिले नै प्रारम्भिक मतदानमा आफ्नो मत खसालिसकेकको बताउनुभयो । “मेरो पहिलो मत एक महिलाका लागि थियो भन्ने कुरा धेरै सशक्त थियो”, उनले भने । 

उनले ‘यदि केटाहरू केटा नै हुन्छन् भने, महिलाहरू राष्ट्रपति हुनेछन्’ भन्ने लेखिएको प्लेकार्ड बोकेका थिए ।

अन्य प्लेकार्डमा ‘मतदानले अवाञ्छित राष्ट्रपति रोक्छ’ र ‘महिलाको स्थान ओभल अफिसमा हो’ जस्ता नाराहरू लेखिएका थिए ।

आयोजकहरूले करिब १५ हजार मानिसको उपस्थिति रहेको अनुमान गरेका छन् । अन्य अमेरिकी शहरमा पनि सहयोगी मार्चहरू आयोजना गरिएका थिए ।

अमेरिकी क्यापिटलको गुम्बजलाई पृष्ठभूमिको रूपमा राख्दै फ्रिडम प्लाजामा वक्ताहरूले ६० वर्षीया ह्यारिसको समर्थनमा जोश भरेका थिए ।

“हामी पछि फर्किंदैनौँ !” ह्यारिसको अभियानको एउटा नारालाई दोहोर्याउँदै भीडले नारा लगायो । 

सत्तरी वर्षीया सेवानिवृत्त मार्लिन वाग्नर नेब्रास्काबाट आएकी थिइन्। उनले भनिन्, “म मेरा नातिनातिना र मेरा बच्चाहरूका लागि आएकी हुँ किनभने म उनीहरूको भविष्यका लागि डराएकी छु ।”

उहाँको मध्यपश्चिमी राज्यमा गर्भावस्थाको १२औँ हप्तापछि गर्भपतनमा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पले नियुक्त गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् २०२२ मा गर्भपतनको राष्ट्रिय अधिकार समाप्त गर्ने निर्णयमा पुर्‍याएपछि यो प्रतिबन्ध आएको थियो ।

राष्ट्रपतीय मतदानसँगै हुने जनमत सङ्ग्रहमा १० राज्यमा गर्भपतन अधिकार मतपत्रमा छ ।

नेब्रास्कामा एउटा प्रस्तावले राज्यको संविधानमा गर्भपतन प्रतिबन्ध थप्न खोज्दैछ भने अर्कोले यो प्रक्रिया अनुमति दिइने अवधि बढाउन खोज्दैछ ।

ट्रम्पको निर्वाचनपछि सन् २०१७ को पहिलो महिला मार्चमा पनि सहभागी भएकी वाग्नरका लागि विकल्प स्पष्ट थियो ।

“गर्भपतन प्रतिबन्धहरूको पहिले नै प्रतिक्रिया भएको छ किनभने महिलाहरूले आवश्यक स्याहार पाउन सकेका छैनन्”, उनले भनिन्। 

केही विरोध प्रदर्शनकारीहरूले ह्यारिसलाई ‘बच्चा मार्ने’ को आरोप लगाए । यद्यपि उनीहरूको आवाज धेरैजसो दबाइएको थियो ।

ट्रम्प ‘धेरै खतरनाक’ हुनुहुन्छ र ‘महिलाहरूलाई बेवास्ता गर्नुहुन्छ’”, न्युयोर्ककी ६६ वर्षीया एब्बी कोहेनले प्लान्ड पेरेन्टहुडको बुथ नजिकै उभिएर भनिन्, “म आशा गर्छु कि सबै महिलाले ह्यारिसलाई मत दिनेछन्, तर म आशा गर्छु कि सबै पुरुषहरूले पनि ह्यारिसलाई मत दिनेछन् ।” (एएफपी)


Author

थप समाचार
x