Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

विश्व

ट्रम्पको घोषणा : राष्ट्रपतिमा शानदार जित भयो

इकागज |
कात्तिक २१, २०८१ बुधबार १३:४० बजे

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् ।

अमेरिकी राष्ट्रपतिमा आफ्नो शानदार जित भएको ट्रम्पले घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै ट्रम्पले अमेरिकाको स्वर्ण युग हुने बताएका छन् ।


'यो अमेरिकी जनताको लागि एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ' उनले भनेको बीबीसीले समाचार लेखेको छ ।

सात वटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल कलेज भएको नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुने निश्चित भएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै पेन्सिल्भेनिया १९ इलेक्टोरल कलेज भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्यको रूपमा उभिएको छ । यहाँ अहिलेसम्म डोनाल्ड ट्रम्प ५१.३ प्रतिशत मतका साथ अगाडि छन् । योसँगै ह्यारिसले ४७.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यस्तै जर्जिया, मिशिगन, एरिजोना, विस्कन्सिन र नेभाडामा ट्रम्प अगाडि रहेका छन् ।


Author

थप समाचार
x