विश्व

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसंघ समक्ष आव्हान

इकागज |
कात्तिक २१, २०८१ बुधबार १८:४३ बजे

फाइल फाेटाे

काठमाडौँ - इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघ समक्ष इजरायलमाथि हतियार  प्रतिवन्धको आव्हान गरिएको छ ।  

पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आव्हान आएको हो ।


इजिप्टको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लङ्घन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आह्वानमा सामेल भएको जनाएको छ ।

आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने  लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

अङ्काराले इजरायललाई हतियार आपूर्ति रोक्न आव्हान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘यड्यन्त्र’ गरेको आरोप लगाएका छन् ।
 
इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो । 
 


Author

थप समाचार
x