विश्व

हारपछि ह्यारिस समर्थकको निराशा, खाली कुर्सी र मैदान खाली

इकागज |
कात्तिक २१, २०८१ बुधबार २०:५ बजे

काठमाडौँ - अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन् । २०२० मा जो बाइडेनसँग हारेका ट्रम्पले यस पटक भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका छन् ।

उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन् । केही राज्यमा मत गणना अहिले पनि जारी रहेको छ । त्यस्तै ह्यारिसले भने २२३ इलेक्टोरल भोट प्राप्त गरेकी छन् ।


तर अर्कोतर्फ डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसले हार्वर्ड विश्वविद्यालयमा जम्मा भएका जनतालाई सम्बोधन गर्ने बताइएको थियो ।

चुनावी नतिजा सार्वजनिक भएपछि कमला ह्यारिसका समर्थकहरू हार्वर्ड विश्वविद्यालयबाट बाहिरिए र उनी आइनन् । जसका कारण यहाँका कुर्सीहरू खाली देखिए । हारसँगै ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरिनन् । 


Author

थप समाचार
x