किभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै
फाइल तस्बिर
युक्रेन- युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रूसले किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाएका छन् ।
युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किभतर्फ गइरहेको जानकारी गराएको थियो ।
“सावधान! चेर्निहिभ क्षेत्रबाट मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ,” यर्माकले टेलिग्राममार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।
रूसको एक हप्ताको निरन्तर आक्रमणपछि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको मृत्युभएको थियो ।
पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी २४ घण्टा आक्रमणहरू गरिरहेका छन् ।
रूसी क्षेत्र कुस्र्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताएका छन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया