बेरुतमा इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ताको मृत्यु
काठमाडौँ - सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार मध्य बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।
“रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ”, सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो ।
बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह मिडिया अधिकारी अफिफको मृत्यु भएको पुष्टि गर्नुभएको’ आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।
इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उल्लेख गर्दै मृतकको सङ्ख्या अस्थायी रहेको र आक्रमण स्थलबाट भग्नावशेष हटाउने काम जारी रहेको बताएको छ ।
अफिफले वर्षौंदेखि हिजबुल्लाहको मिडिया सम्बन्धको जिम्मेवारी सम्हालेका थिए र अज्ञातताको आडमा स्थानीय र विदेशी पत्रकारहरूलाई जानकारी प्रदान गर्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया