बिहारमा २.५० करोडको भैंसी बिक्रीमा, जो बियर खान नपाएर भइरहेछ सुस्त
पटना- बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैंसी आकर्षणको केन्द्र बनेको छ ।
एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैंसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ ।
तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसीँको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैंसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ ।
बिहारको सोनपुर मेलामा ल्याइएको भैंसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैंसीको विशेष कुरा यो हो कि यसले हरेक दिन बियरको बोतल पिउने गर्छ ।
बिहारमा आउने यो भैंसीले धेरै समस्या झेलिरहेको छ किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैंसीका मालिकले बियर नपाउँदा भैंसीको चर्को चमक घटेको बताउँछन् । जसका कारण उनी अलिकति सुस्त देखिन्छन् ।
भैंसी मालिकका अनुसार मोकामाका पूर्व विधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए। उनले भिडियो कलमार्फत राजालाई देखेका थिए।
मालिकले आफ्नो भैंसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए । उनका अनुसार उनी बाहेक यो भैंसी अरु कसैले लिन सक्दैन । बिहारका शक्तिशाली नेता आनन्द सिंह सोनपुर मेलामा पुगे तर भैंसी किन्न भने चाहेनन्, न्युज २४ ले लेखेको छ ।
यसअघि पनि भारतमा २३ करोड मूल्यको भैंसी भाइरल भइसकेको छ । जसको नाम अनमोल भनियो । यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एण्ड क्याटल एक्स्पोमा १० करोडको भैंसी गोलु–२ पुगेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया