विश्व

किभमा अमेरिकी दूतावास अस्थायी रुपमा बन्द

इकागज |
मंसिर ५, २०८१ बुधबार १३:१६ बजे

काठमाडौँ- अमेरिकाले युक्रेनको किभस्थित आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको छ ।

बिबिसीका अनुसार अमेरिकाले किभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दूतावासलाई अस्थायी रुपमा बन्द गरेको छ ।


दूतावासले एक आकस्मिक सूचना दिँदै दूतावास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ ।

पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द बढ्ने संकेत देखिएको छ । अमेरिकाले युक्रेनलाई आफुले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउँदै आएको छ ।


Author

थप समाचार
x