विश्व

इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार - बाइडेन

इकागज |
मंसिर १२, २०८१ बुधबार १४:२० बजे

फाइल फाेटाे

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउँदै उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गरेका छन् ।  उनले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी  मुलक समाचार सम्प्रेषण गरेका हुन् ।  

बाइडेनले एक्समा उल्लेख गरेका छन् “आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ, मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेका छन् ।” 


अमेरिकी राष्ट्रपतिलाई समर्थन गर्दै इजरायलले जारी गरेको विज्ञप्तिमा “प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बाइडेनसँग कुरा गरी लेबनानमा युद्धविराम सम्झौता हासिल गर्नका लागि  इजरायललाई दिएको स्वतन्त्रताको लागि धन्यवाद दिएको छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जारी गरेको संयुक्त विज्ञप्तिमा, लामो समयको अथक कूटनीति पछि, इजरायल र लेबनानले आफूहरू बीचको शत्रुता समाप्त भएको स्वीकार गरेका छन् । “

घोषणाले लेबनानमा लडाइँ बन्द गर्ने तथा हिजबुल्लाह र अन्य आतङ्कवादी सङ्गठनको खतराबाट इजरायललाई सुरक्षित गर्नेछ । यो घोषणाले स्थायी शान्ति पुनर्स्थापना गर्ने अवस्था सिर्जना गरी दुवै देशका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने जनाएको छ ।   

अमेरिका र फ्रान्सले इजरायल र लेबनानसँग मिलि गरेको यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरी द्वन्द्वलाई थप हिंसात्मक बन्नबाट रोक्न कटिबद्ध रहेको बताएका छन् ।  अमेरिका र फ्रान्सले लेबनानी सेनाको क्षमता वृद्धि गरी यस क्षेत्रको स्थिरता र समृद्धिलाई अगाडि बढाउन लेबनानमा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व र समर्थन गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि  सामाजिक सञ्जाल मार्फत यो समाचार साभार गर्दै  आफु इजरायल र लेबनानबीचको युद्धविराम सम्झौतालाई स्वागत गर्न चाहेका बताएका छन् ।  


Author

थप समाचार
x