प्रियंका गान्धीले लिइन् लोकसभा सांसदको शपथ
काठमाडौँ - प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ लिएकी छन् ।
बिहान करिब ११ बजे सदन पुगेकी प्रियंका गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर शपथ लिएकी थिइन् ।
हालै भएको लोकसभा उपचुनावमा उनले केरलाको वायनाड सिटबाट जित हासिल गरेकी थिइन्।
प्रियंका गान्धीले पहिलो पटक चुनाव लडेकी थिइन् ।
कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको राजीनामापछि यो सिट खाली भएको थियो । यस वर्ष भएको लोकसभा चुनावमा राहुल गान्धी रायबरेली र वायनाडबाट चुनाव लडे र दुवै ठाउँबाट विजयी भएका थिए ।
यसपछि उनले वायनाड सिट छोडे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया