दक्षिण कोरियामा भारी हिमपात, जनजीवन प्रभावित
काठमाडौँ - दक्षिण कोरियाको राजधानी सोलले यस साता इतिहासकै तेस्रो भारी हिमपातको सामना गरेको छ। बुधबार र बिहीबार लगातार परेको हिमपातले सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। यो तथ्यांक १९०७ यता रेकर्ड गरिएको हिमपातमध्ये तेस्रो उच्च हो।
सबैभन्दा धेरै हिमपात सन् १९२२ को मार्च २४ मा ३१ सेन्टिमिटर र सन् १९६९ को जनवरी ३१ मा ३० सेन्टिमिटर मापन गरिएको थियो। त्यसै वर्षको फेब्रुअरी १ मा पनि सोलले २८.६ सेन्टिमिटर हिउँको सामना गरेको थियो।
मौसम विभागका अनुसार भारी हिमपातका कारण शुक्रबारसम्म मुलुकका विभिन्न भागमा जनजीवन थप प्रभावित हुन सक्नेछ। लगातारको हिमपातले दर्जनौँ उडानहरू र ‘फेरी’ सेवा स्थगित भएका छन्। चिसोका कारण चार जनाको ज्यान गइसकेको योन्हाप समाचार एजेन्सीले जनाएको छ।
सोललगायत वरपरका क्षेत्रमा अत्यधिक चिसोले दैनिक जनजीवन अवरुद्ध भएको छ। सरकारद्वारा सार्वजनिक स्थलमा हिउँ पन्छाउन र चिसोका कारण हुने जोखिम न्यून गर्न विशेष सतर्कता अपनाइएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया