विश्व

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ

इकागज |
मंसिर १३, २०८१ बिहीबार २१:३१ बजे

काठमाडौँ - जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानूनअन्तर्गत पक्राउ गरिएको छ ।

यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए ।


सरकारले कम्तीमा पाँच सुरक्षाकर्मी मारिएको बताएको छ भने खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले सुरक्षाकर्मीद्वारा कम्तीमा १० जनाको गोली हानी हत्या गरेको आरोप लगाएको छ । सरकारका मन्त्रीहरूले ती आरोपहरू अस्वीकार गरेका छन् ।

लोकप्रिय युट्युब च्यानलका साथ टिभी च्यानल नियो न्युजका प्रस्तुतकर्ता मतिउल्लाह जान र अर्का एक पत्रकारले इस्लामाबादको पिआइएमएस (पिम्स) अस्पतालमा मृत्यु सङ्ख्याको पुष्टि गर्न खोज्दा उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।

“उनीहरूले मृत्युको कूल सङ्ख्या पत्ता लगाउने प्रयास गरिरहेका थिए”, उनीहरूका वकिल इमान मजारीले भने, “उनीहरूले आफ्नो पत्रकारिताको कर्तव्य पूरा गर्दै थिए ।” उनका अनुसार अर्का पत्रकारलाई छोडिएको छ तर जान अझै हिरासतमा छन् ।

इस्लामाबाद प्रहरीले जानमाथि लागु औषध सेवन र एक अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ । “ड्युटीमा रहेका एक प्रहरी कर्मचारी हत्याको प्रयास गरेको आरोपमा आतङ्कवाद विरोधी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

मजारीले जानलाई बिहीबार दिउँसो इस्लामाबादको आतङ्ककारी विरोधी अदालतमा पेश गरिएको र दुई दिनका लागि हिरासतमा राखिएको बताए । 


Author

थप समाचार
x