'इजरायलसँगको युद्धविराम हिजबुल्लाहको जीत'
फाइल फाेटाे
काठमाडौँ - हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन् ।
लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिँदै लेबनानी जनताको धैर्यताको प्रशंसा गरेका छन् ।
मङ्गलबार इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएको थियो, जुन बुधबारबाट लागू भएको हो । यद्यपि, दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागेको छ ।
यो सम्झौता संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको थियो । सम्झौताको शर्तमा ६० दिनभित्र हिजबुल्लाहले ‘ब्लु लाइन’बाट आफ्ना लडाकु र हतियार फिर्ता लिने र इजरायली सेनाले चरणबद्ध रुपमा दक्षिणी लेबनानबाट फिर्ता हुने उल्लेख छ ।
हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार राति जारी उक्त सन्देशमा युद्धविरामलाई समूहका लागि ‘ठूलो विजय’ अर्थात् २००६ को जुलाईको विजयभन्दा पनि महत्त्वपूर्ण बताएका हुन् ।
हिजबुल्लाहसँग इजरायलको अन्तिम युद्ध सन् २००६ मा भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया