विश्व

अमेरिकाद्वारा चीनको चिप क्षेत्रमा नयाँ निर्यात प्रतिबन्धको घोषणा

इकागज |
मंसिर १७, २०८१ सोमबार २१:४१ बजे

काठमाडौँ - संयुक्त राज्य अमेरिकाले सोमबार नयाँ निर्यात प्रतिबन्धहरू घोषणा गरेको छ । घोषणाले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा गहिरो हुँदै गर्दा चीनको उन्नत सेमीकन्डक्टरहरू बनाउने क्षमतालाई लक्षित गरेको छ । सेमीकन्डक्टर हतियार प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुन्छ ।

 “संयुक्त राज्य अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षालाई धम्की दिने तरिकाले हाम्रो प्रविधि शत्रुहरूद्वारा प्रयोग हुनबाट बचाउन महत्त्वपूर्ण कदमहरू चालेको छ”, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्तिमा भने, “वासिङ्टनले सहयोगी र साझेदारहरूसँग सक्रिय र आक्रामक रूपमा हाम्रो विश्व–अग्रणी प्रविधिहरू र ज्ञानको रक्षा गर्न काम गरिरहनेछ ताकि तिनीहरू हाम्रो राष्ट्रिय सुरक्षालाई कमजोर पार्न प्रयोग हुँदैनन् ।”


यी कदमले चीनमा उच्चस्तरीय एआई चिप्स निर्यातमा रहेका विद्यमान अमेरिकी प्रतिबन्धहरूलाई झन् कडा बनाउँछन् । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने केही हप्ताअघि यो घोषणा आएको छ । ट्रम्पले चीनमाथि वासिङ्टनको आक्रामक धारणा अपनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो नियममा चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित १४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ । वाणिज्य मन्त्रालयका अनुसार चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूहलाई पनि यसले प्रभावित गर्छ ।

नयाँ नियमहरूमा दुई दर्जन प्रकारका चिप बनाउने उपकरण र सेमिकन्डक्टरहरूको विकास वा उत्पादनका लागि तीन प्रकारका सफ्टवेयर उपकरणहरूमा नियन्त्रण पनि समावेश छन् ।


Author

थप समाचार
x