अविश्वासको प्रस्तावले फ्रान्स नयाँ राजनीतिक संकटमा
काठमाडौं - विपक्षी सांसदहरूले तीन महिना मात्र कार्यालयमा रहेको प्रधानमन्त्री मिशेल बार्नियरको अल्पमतको सरकारलाई अविश्वास मतमा हटाउने धम्की दिएपछि फ्रान्स मङ्गलबार नयाँ राजनीतिक सङ्कटमा पुगेको छ ।
सेप्टेम्बरमा राष्ट्रपति इमानुएल म्याक्रोनले ७३ वर्षीय बार्नियरलाई नियुक्त गरेदेखि स्थायी तनावपछि कटौती बजेटको विवादले वित्तीय बजारमा चिन्ता निम्त्याएको छ ।
अति वामपन्थी फ्रान्स अनबोव्ड (एलएफआई) विपक्षी दलले बार्नियरले सोमबार कार्यकारी अधिकार प्रयोग गरी सामाजिक सुरक्षा विधेयकलाई मतदानबिना पारित गरेपछि अविश्वासको प्रस्ताव ल्याउने घोषणा गरेको छ ।
सन् २०२५ को बजेटमा परिवर्तनको माग गर्ने मरिन ले पेनको अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) ले यो कदमलाई समर्थन गर्ने बताएको छ ।
फ्रान्सका विधायकहरूले बुधबार मतदान गर्ने र १९०० जिएमटी वरपर नतिजा आउने अपेक्षा गरिएको छ ।
दुईवटा अविश्वास प्रस्ताव पेस गरिनेछ । अति दक्षिणपन्थीबाट एउटा पास हुने सम्भावना कम छ तर कठोर–वामपन्थीको प्रस्तावले आरएन सांसदहरूको समर्थन पाउने छ ।
“यस बजेटलाई अवरुद्ध गर्नु, दुर्भाग्यवश, फ्रान्सेली जनतालाई खतरनाक, अनुचित र दण्डात्मक बजेटबाट जोगाउन संविधानले हामीलाई दिएको एक मात्र तरिका हो”, ले पेनले एक्समा भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया