विश्व

फ्रान्सका प्रधानमन्त्री  बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने

इकागज |
मंसिर १९, २०८१ बुधबार १७:३६ बजे

फाइल फाेटाे

काठमाडौँ - फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको अल्पकालीन प्रशासनको अन्त्य हुने सम्भावना बढेको छ । 

प्रधानमन्त्री बार्नियरले बुधबार सरकारले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । 


यदि प्रधानमन्त्रीलाई तीन महिना मा नै अविश्वासको मतविरूद्ध आफुप्रतिको समर्थन कायम गर्न नसकी बार्नियर सरकार ढलेमा राष्ट्रपति इमानुएल म्याक्रोँले बार्नियरको उत्तराधिकारी छान्न कठिन विकल्प रहनेछ । 

अविश्वासको मतका लागि नेशनल एसेम्बलीमा अर्को वर्षको बजेटलाई लिएर बार्नियरसँगको गतिरोधमा कट्टर वामपन्थी र अति दक्षिणपन्थीले ल्याएका दुई प्रस्तावमाथि छलफल गर्नेछ ।

तीन पटकराष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनको अति दक्षिणपन्थी नेसनल ¥याली (आरएन) ले वाम गठबन्धनले अघि सारेको प्रस्तावको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सेली टेलिभिजनमा बुधबारको मतदानमा उनको सरकार टिक्ने सम्भावना छ कि छैन भनी सोधिएको प्रश्नमा बार्नियरले भने,  “ राजनीतिक मतभेदहरू, विचलनहरू, लोकतन्त्रमा सामान्य विरोधाभासभन्दा बाहिर म  सरकार टिकोस् भन्ने चाहन्छु र यो सम्भव छ।”

तर अधिकांश विश्लेषकहरूले अति दक्षिणपन्थीहरूले वाम पन्थसँग अपवित्र गठबन्धन गरेर सरकार ढाल्ने विश्वास गरेका छन्।

ग्रीष्मयाममा म्याक्रोँले आह्वान गरेको मध्यावधि निर्वाचनले दक्षिणपन्थीहरूको यात्रालाई रोक्न सफल भएको थिएन र संसद्मा कुनै पनि दल वा गुटलाई बहुमत दिलाउन असफल भएको थियो । 

यसअघिका विधायिकी निर्वाचनको एक वर्षभित्र कुनै पनि नयाँ निर्वाचन हुन सक्दैन, जसले गर्दा म्याक्रोँको विकल्प खुम्चिएको छ 


Author

थप समाचार
x