विश्व

फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा

इकागज |
मंसिर २५, २०८१ मंगलबार १४:४७ बजे

फ्रान्स र जर्मनी सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार देखिएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाको नयाँ नेतृत्वलाई आधारभूत मानव अधिकार र जातीय र धार्मिक अल्पसंख्यकहरूको संरक्षणको आधारमा सहयोग गर्न तयार रहेको बताएका हुन ।

जर्मन चान्सलरको एक विज्ञप्तिमा अनुसार उनीहरूले सिरियाको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको संरक्षणको महत्त्व र युरोपेली संघले सिरियामा समावेशी राजनीतिक प्रक्रिया लाई समर्थन गर्ने बताएको छ ।



Author

थप समाचार
x