विश्व

श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या

इकागज |
मंसिर २६, २०८१ बुधबार १३:१२ बजे

भारत- एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । 

खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासुले पैसाको लागि दुव्र्यवहार गरेको आरोप लगाउँदै आत्महत्या गरेका हुन् ।


गत डिसेम्बर ९ मा उनले १ घन्टा २० मिनेटको भिडियो र २४ पृष्ठको पत्र लेखेर सो आत्महत्या गरेको थाहा हुन आएको छ, जसमा उनले आत्महत्या बाहेक अरू कुनै विकल्प आफुँसँग बाँकी नरहेको उल्लेख गरेका छन्् ।

सो क्रममा अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि पनि गम्भीर आरोप लगाएका छन्् । उनले आफ्नो चिठ्ठीमा मुद्दा सुल्झाउने नाममा न्यायाधीशले ५ लाख घुस मागेको उल्लेख गरेका छन् । अतुलले आफ्नी श्रीमती, सासु र जौनपुरका न्यायाधीशले आत्महत्या गर्न भनेका पनि पत्रमा लेखेको भेटिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मूल रूपमा बिहारका अतुल सुभाषको शव बेंगलुरुको मन्जुनाथ ले आउटमा रहेको उनको फ्ल्याटबाट भेटिएको थियो। छिमेकीले घरको ढोका तोड्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यु’ लेखिएको प्ले कार्ड भेटिएको थियो । 

अहिले अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।

आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले पूरै घटनाको विस्तृत विवरण दिएका छन्् । उनले म्याट्रिमोनी साइट मार्फत म्याच भेटेपछि २०१९ मा हालकी श्रीमतीसँग विवाह गरेको बताए । अर्को वर्ष तिनीहरूको एक छोरा भयो। आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसाको माग राख्थे, जुन पूरा पनि गर्ने गरेको उनले बताए । 

उनले आफ्नी श्रीमतीको परिवारलाई लाखौं रुपैयाँ दिएका थिए तर जब उनले थप पैसा दिन बन्द गरे, श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडि दिइन् । अतुलले हरेक महिना ४० हजार रुपैयाँ मेन्टेन्स दिने गरेको पत्रमा उल्लेख गरेका छन् । अतुलले भने,  ‘तर, मेरी श्रीमतीले छोरालाई भेट्न र बोल्नसमेत दिएनन ।’

जसको रिसमा श्रीमतीले उनी माथी दाइजो र बाबुको हत्या गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन । श्रीमतीले केटा र उनको परिवारका सदस्यहरू विरुद्ध धेरै मुद्दा दायर गरेकी थिइन्, जसमा हत्या र अप्राकृतिक यौनसम्बन्धका घटनासमेत उल्लेख गरिएको छ । अतुलले आफ्नी श्रीमतीले १० लाख दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको आरोप लगाउने गरेको उनले आत्महत्या अघि उल्लेख गरेका छन् ।
 


Author

थप समाचार
x