विश्व

संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश

इकागज |
मंसिर २७, २०८१ बिहीबार ६:४८ बजे

बेरुत- लेबनानमा संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युएनआइएफआइएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ ।

बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरे ।


“युनिफिल बलहरूले सर्वेक्षण गर्दै छन् र यस शहरमा लेबनानी सेनाको एकाइ तैनाथ गर्ने तयारीमा मुख्य र माध्यमिक सडकहरूबाट अवरोधहरू हटाउँदै छन्,” स्रोतले जनाएको छ ।

लेबनानी सेनाले लगभग छ हजार सिपाही र सयौं सशस्त्र सैन्य वाहनहरू लितानी नदीको दक्षिणमा धेरै सैन्य ब्यारेकहरूमा तैनाथ गरेको छ ।

संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागू भयो, जसको उद्देश्य इजरायल र हिजबुल्लाहबीचको झण्डै १४ महिनादेखि चलेको लडाइँलाई रोक्ने लक्ष्य थियो ।  (सिन्ह्वा)


Author

थप समाचार
x