सिरियामा फसेका पाकिस्तानी सफलतापूर्वक बेरुत पुग्यो
इस्लामवाद- सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षकसहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् ।
यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेका दूतावासका अधिकारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रधानमन्त्री सेहबाज सरिफले सोमबार सिरियाबाट छिमेकी देशहरू हुँदै फर्कन चाहने पाकिस्तानीहरूलाई द्रुत र सुरक्षित निकासीका लागि कार्य योजना तयार गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।
सिरियाले जारी राजनीतिक अस्थिरता र द्वन्द्वका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । यसले त्यहाँका बासिन्दा र विदेशी नागरिकहरूलाई सुरक्षा जोखिमहरू खडा गरेको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया