युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’
फाइल फाेटाे
काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताएका छन् ।
तथापि किएभलाई अमेरिकी समर्थन युद्धलाई अन्त्य गर्ने प्रयासमा प्रमुख लाभ हुने भएकाले ट्रम्पले युक्रेनलाई नत्याग्ने बताए ।
वासिङ्टनले युक्रेनलाई रुसको भित्री भागसम्म प्रवेश गर्नसक्ने आफ्नो लामो दूरीको एटिएसिएमएस मिसाइलहरू आपूर्ति गरेको छ । यसले मस्कोबाट क्रोधपूर्ण प्रतिक्रिया ल्याएको छ र उसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ ।
“म रूसमा सयौँ माइल मिसाइलहरू पठाउने कुरामा धेरै दृढतापूर्वक असहमत छु । हामी किन यसो गर्दैछौँ ?”, टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले भने । म्यागाजिनले बिहीबार उनलाई ‘पर्सन अफ द इयर’ का रूपमा सम्मानित गरेको थियो ।
सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कअनुसार एटिएसिएमएस मिसाइलको अधिकतम दूरी १९० माइल (३०० किलोमिटर) छ ।
यो अन्तर्वार्ता ‘थ्याङ्क्सगिभिङ’ र नोट्रे डेम क्याथेड्रल पुनः खुल्ने अवसरमा फ्रान्सका राष्ट्रपतिको मध्यस्थतामा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पको ‘हाइ–प्रोफाइल’ बैठक हुनुभन्दा अघि भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया