जब एक बालकले आमाको प्रेमीको बन्दुकले आमालाई नै गोली हाने
न्युयोर्क- अमेरिकाको क्यालिफोर्नियामा एक २ वर्षीय बालकले आफ्नी आमालाई गोली हानेका छन् ।
जसका कारण महिलाको घटनास्थलमै मृत्यु भएको थियो । आमाको प्रेमीको पेस्तोलबाट बालकले गोली हानेको जनाइएकाे छ । खेल्दै गर्दा बच्चाले आमाको अपार्टमेन्टमा राखेको पेस्तोल फेला पारेका थिए । जबकी ती युवतीले आफ्नो प्रेमीको लोडेड पेस्तोल ओछ्यानमा राखेकी थिइन् ।
प्रहरीका अनुसार घटना लापरबाहीको हो । यो रोक्न सकिन्थ्यो। घटना उत्तरी क्यालिफोर्नियाको एउटा सेक्टरको हो।
ती महिलाको पहिचान २२ वर्षीया जेसिन्या मीनाको रूपमा पहिचान भएको छ । बच्चाले अनजानमा ट्रिगर तान्यो र चलायाे । तत्काल अामाकाे मृत्यु भयाे ।
प्रहरीले महिलाका प्रेमी १८ वर्षीय एन्ड्रु सान्चेजलाई पक्राउ गरेको छ । यो जोडी विगत केही दिनदेखि एउटै अपार्टमेन्टमा बस्दै आएको बताइएको छ । फ्रेस्नो प्रहरी विभागका अनुसार दुबै गत हप्ता बेड रेस्टमा थिए। त्यही क्रममा बालकले पेस्तोल समात्यो । बच्चाले गोली चलाउँदा महिलाको माथिल्लो भागमा लागेको थियो । जसपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मीनाको ८ महिनाकी छोरी पनि छिन् । प्रहरीका अनुसार सान्चेजलाई पक्राउ गरिएको छ । उनको नाइन एमएमको हतियार पनि प्रहरीले बरामद गरेको छ । पेस्तोल माथि राखेको भए बच्चाको हातमा हुने थिएन ।
प्रहरीले सान्चेजसँग सोधपुछ गरिरहेको छ । उनलाई हाल फ्रेस्नो काउन्टी जेलमा राखिएको छ । प्रहरीका अनुसार हाल यस घटनामा कुनै पनि साक्षी आउन सकेको छैन । गोली लागेपछि मिनालाई फ्रेस्नोको सामुदायिक क्षेत्रीय चिकित्सा केन्द्रमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।
लेफ्टिनेन्ट पॉल सर्भान्टेसका अनुसार घटना बाहिर आएपछि प्रहरी छक्क परेको छ । कोही यति लापरवाह कसरी हुन सक्छ ? प्रहरीले सान्चेजको अपराध इतिहासको अनुसन्धान गरेको छ। उनीविरुद्ध यसअघि कुनै मुद्दा दर्ता भएको छैन । मीनाकी जेठी बहिनी जेसिका रोड्रिग्वेजले प्रहरीलाई बताइन् कि मीनाले बारम्बार सान्चेजलाई बन्दुक लिन भनेकी थिइन् । तर उनी लापरवाह थिए। जसका कारण उनकी बहिनी आज यो संसारमा छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया