विश्व

एमपक्स सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो : अफ्रिका सीडीसी

इकागज |
मंसिर २९, २०८१ शनिबार ७:० बजे

आदिस अबाबा- अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ भने १२ सय जनाको मृत्यु भएको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले जनाएको छ ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने,“अफ्रिकी महाद्वीपमा वर्षको सुरुदेखि ६५ हजार ७११ एमपीक्सका घटनाहरू रिपोर्ट गरिएका छन्, जसमध्ये १४ हजार २४१ जनामा एमपक्स पुष्टि भएका छन् र एक हजार २३७ भन्दा बढीको मृत्यु भएको छ ।


अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा एजेन्सीको तथ्याङ्क अनुसार गत हप्ता मात्रै, अफ्रिकामा तीन हजार ५४५ नयाँ घटनाहरू रिपोर्ट गरेको छ ।

कासियाले अफ्रिकी महाद्वीपमा चलिरहेको एमपक्स प्रकोपका कारण मानिसहरू अझै मरिरहेका छन् । यसले हालसम्म २० देशहरूलाई प्रभावित पारेको छ ।

एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो । 


Author

थप समाचार
x