विश्व

वैदेशिक रोजगारीमा जाने श्रीलंकालीहरूको सङ्ख्यामा वृद्धि

इकागज |
मंसिर २९, २०८१ शनिबार १०:८ बजे

कोलम्बो- श्रीलंकाको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख भन्दा बढी श्रीलंकालीहरू रोजगारीका लागि विदेश गएका शुक्रबार घोषणा गरेका छन् ।

तीन लाख १६२ जना मध्ये एक लाख ७७ हजार ७०४ पुरुष कर्मचारी र एक लाख २२ हजार ३५८ महिला कर्मचारी रहेको एजेन्सीले जनाएको छ ।


कुवेत श्रीलंकाका कामदारहरूको लागि प्रमुख गन्तव्य थियो । 

एजेन्सीले सन् २०२४ को अन्त्यसम्ममा वैदेशिक रोजगारीमा जाने श्रीलंकालीहरूको सङ्ख्या तीन लाख ११ हजार पुग्ने अनुमान गरेको छ । सन् २०२२ मा तीन लाख १० हजार ९४८ जनाले वैदेशिक रोजगारीका लागि श्रीलंका छाडेका थिए ।

आधिकारिक तथ्याङ्कका अनुसार, श्रमिकहरूको रेमिटेन्स श्रीलंकाको शीर्ष विदेशी राजस्व कमाउने मध्ये एक हो । (सिन्ह्वा)


Author

थप समाचार
x