विश्व

दक्षिण कोरियाः राष्ट्रपति विरूद्धको महाअभियोग पारित भएपछि प्रधानमन्त्री हान अब कार्यवाहक राष्ट्रपति

इकागज |
मंसिर २९, २०८१ शनिबार १५:५८ बजे

सियोल - दोस्रो प्रयासमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ । 

सभामुख वू वोन शिकका अनुसार महाभियोगसम्बन्धी कागजातको प्रतिलिपि राष्ट्रपति युन भएको स्थानमा र संवैधानिक अदालतमा पुगे लगत्तै स्वतः निलम्बनमा पर्नेछन्  ।


 उनका अनुसार राष्ट्रपति युन निलम्बनमा परेसँगै प्रधानमन्त्री हान डक सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

 आफ्नो शक्ति निलम्बनमा परे पनि संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्ने वा नदिने निर्णय नगरेसम्म युन पदमा रही रहने छन्, यो दक्षिण कोरियाको संवैधानिक व्यवस्था हो ।

दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने उनको अल्पकालीन प्रयासको बिरोधमा दोस्रो प्रयासमा त्यहाँको संसदले महाअभियोग लगाएको हो ।

महाअभियोग पछि उनको राजनीतिक यात्रा लगभग अन्त्य भएको जनाइएको छ । उनको सो कदम पछि देशभरि लाखौं संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।

एक सदनात्मक सभामा शनिबार युनलाई महाभियोग लगाउन प्रस्ताव गरेका थिए, जसमा २०४ सांसदले पक्षमा मतदान गरेका थिए भने ८५ मत महाअभियोगको विपक्षमा परेको थियो । 

 मार्शल ल लगाउने उनको प्रयास विरुद्ध महाअभियोग यसअघिको प्रयास असफल भए पनि दोस्रो पटकमा शनिवार भने संसदबाट पारित भएको थियो । सो मतदान प्रकियामा ३ सदस्य अनुपस्थित भएका थिए भने ८ मत बदर भएको जनाइएको छ ।

 दक्षिण कोरियाको इतिहासमा महाअभियोगवाट निलम्बन हुने उनी पहिलो राष्ट्रपति हुन् ।

 उनको बहिर्गमन हुनु पर्ने भन्दै लाखौं कोरियाली जनताले गत साता देखी सडकमा प्रदर्शन गरिरहेका थिए । महाअभियोग पारित भएसँगै त्यहाँ खुसीयाली छाएको छ ।  


 


 


Author

थप समाचार
x