विश्व

रूसका दुई कार्गो जहाज खराब मौसममा फसेपछि उद्वार गर्न गएको हेलिकोप्टर दुर्घटनामा

इकागज |
मंसिर ३०, २०८१ आइतबार १९:२९ बजे

मस्को - पेट्रोलियम पदार्थ बोकेका दुई रूसी कार्गो जहाज फस्न पुगेका छन् ।

रसिया र हालै विलय गरिएको क्रिमिया बीचको केर्च स्ट्रेटमा खराब मौसमका कारण समस्यामा परेको रूसको आपतकालीन मन्त्रालयले जनाएको छ ।


सोही क्रममा एक हेलिकप्टरमा उद्धार टोलीका सदस्यहरू दुई जहाज मध्ये एउटाको उद्धारका लागि उडेको थियो, जुन भुइँमा ठोक्किएर क्षतिग्रस्त भएको छ, जसमा एक जनाको मृत्यु भएको बताइएको छ । तर, जहाजको १३ जना चालक दललाई भने बाहिर निकालिएको छ । 

दोस्रो कार्गो जहाज, भोल्गोनेफ्ट सोही क्षेत्रमा खराब मौसमका कारणा अनियन्त्रित भइ बगिरहेको छ, दोस्रो जहाजमा १४ जना सवार रहेको रूसले जनाएको छ ।
 
 


Author

थप समाचार
x