विश्व

श्रीलंकामा नयाँ सभामुखमा चयन

इकागज |
पुस २, २०८१ मंगलबार १३:१६ बजे

कोलम्बो- श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।

विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गर्नुभएको हो । साथै, उहाँको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गर्नुभएको थियो ।


उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गर्नुभयो ।

शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्व अध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिनुभएको थियो । यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झूट बोलेको आरोप लगाएका थिए । (सिन्ह्वा)


Author

थप समाचार
x