मलावीमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, ४५ हजार भन्दा बढी प्रभावित
काठमाडौँ - मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आइतबार र मङ्गलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
विपद् व्यवस्थापन मामिला विभाग (डिओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मङ्गलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।
कालेम्बाले कूल प्रभावित घरपरिवारको सङ्ख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताए । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।
डिओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया