अमेरिकाले हटायो सिरियाली नेता अल साराको 'मस्ट वान्टेड' सूची
दमास्कस- सिरियाली विद्रोही नेतामाथि अमेरिकाले यसअघि लगाएको 'मोस्ट वान्डेट' सूची र इनाम हटाएको छ।
बसर अल असदको पतनपछि सिरिया सत्तामा आएको हयात तहरीर अल-शाम (एचटीएस)का वरिष्ठ कूटनीतिज्ञहरू र प्रतिनिधिहरूबीचको बैठकपछि अमेरिकाले सो पुर्ववत अडान छाडेको हो ।
जस अनुसार अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शरालाई गिरफ्तार गर्नका लागि यसअघि राखेको १० मिलियन अमेरिकन डलर खारेज गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी सहायक राज्य सचिव बारबरा लीफले शारासँगको छलफल 'धेरै फलदायी' भएको र उनी "व्यावहारिक" भएको बताइन् । यतिखेर अमेरिकी प्रतिनिधिमण्डल राजधानी दमास्कसमा विद्रोहीहरूको नयाँ सरकारका प्रतिनिधिसँग छलफल र वार्तामा छ ।
एचटीएसले १५ दिन भन्दा कम समयअघि बसर अल-असद शासनलाई पराजित गरेपछि अमेरिकन कुटनीतिज्ञ पहिलो पटक दमास्कस पुगेको हो ।
वाशिंगटनले सो बेला सम्म पनि यसलाई आतंकवादी समूहको रूपमा तोकेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया