इजरायली हवाइ हमलाबाट बालबाल बचे डब्लुएचओ प्रमुख, तीन जनाको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- इजरायली हवाई हमलाको क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बालाबाला बाँचेका छन् ।
संयुक्त राष्ट्र संघका अन्य कर्मचारीसहित यमनको जुन अन्तर्राष्ट्रिय विमानस्थलमा डब्लुएचओ प्रमुख रहेका थिए, त्यही विमानस्थलमा इजरायलले हवाइ हमला गरेको थियो ।
आफ्नो सोसल मिडिया पोस्टमा डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले भने कि उनी र कर्मचारी विमानमा चढ्न लागेका थिए, जब एयरपोर्ट हवाई बमबारीमा पर्यो ।
‘हाम्रो विमानका चालक दलका एक सदस्य घाइते भएका छन्,’ उनले लेखेका छन्, ‘एयरपोर्टमा दुई जनाको मृत्यु भएको छ।’
सो बमबारीले पावर स्टेशन र एअरपोर्टमा असर गरेको छ । हुथीद्वारा सञ्चालित मिडियाका अनुसार कम्तिमा तीन जनाको मृत्यु भएको छ र एक दर्जन भन्दा बढी घाइते भएका छन्। इजरायलले आक्रमणको जिम्मेवारी लिए पछि इरान समर्थित विद्रोही समूहले आक्रमणलाई बर्बर भनेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया