विश्व

अजरबैजानका राष्ट्रपतिले भने- ‘रूसले विमान दुर्घटनाको कारण लुकायो’

इकागज |
पुस १५, २०८१ सोमबार ८:१७ बजे

काठमाडौँ- अजरबैजानका राष्ट्रपति इलहाम अलीयेभले रसियाले क्रिसमसको दिन दुर्घटनावस विमान खसालेको बिषय लुकाएको आरोप लगाएका छन् ।

रूसतर्फ गएको सो विमान अचानक दुर्घटना हुँदा ३८ जनाको ज्यान लिएको थियो । विमानमाथि हमला गर्नुको कारण रूसल लुकाएको उनको आरोप सार्वजनिक भएको छ ।


अजरबैजान एयरलाइन्सको विमान चेचन्याको ग्रोज्नी जाँदै थियो तर अकताउ नजिकै आपतकालीन अवतरण गर्नुअघि नै सो विमान भयंकर दुर्घटनामा परेको थियो । विमानमा प्रहार भएपछि अनियन्त्रित हुन पुगेको अजरबैजानले जनाएको छ ।

रुसको फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीले पहिले विमान चराहरूसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको बताएको थियो तर पछि युक्रेनी लडाकू ड्रोन र बाक्लो कुहिरोले विमानलाई रुसको हवाई क्षेत्रबाट बाहिर निकालेको बताएको थियो। यद्दपी, सो घटनामा रूसी राष्ट्रपति भ्लादिमर पुटिनले माफी मागेका छन । तर, खासमा सो विमानमा के भएको थियो ? त्यो भने अझै खुलाईएको छैन् । 


Author

थप समाचार
x