विश्व

अनि बन्यो भारतमा जिम्मी कार्टरमा नाममा एउटा गाउँ

इकागज |
पुस १६, २०८१ मंगलबार ७:५२ बजे

नयाँ दिल्ली- अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । 

अमेरिकामा जन्मेका जिमी कार्टरको भारतसँग विशेष सम्बन्ध रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतिसम्म भने कार्टरको नामबाट भारतको हरियाणा राज्यको एउटा गाउँको नाम नै राखिएको छ ।


वास्तवमा सन् १९७८ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टर भारत आएका थिए । आफ्नो भ्रमणको क्रममा उनले गुरुग्राम जिल्लाको दौलतपुर नसीराबाद गाउँ घुम्ने इच्छा व्यक्त गर्दा सबै जना अचम्ममा परे र अमेरिकामा जन्मेका जिमी कार्टरलाई दौलतपुर नसीराबाद गाउँको बारेमा कसरी थाहा भयो र उनी त्यहाँ जान किन चाहन्थे ? यो सबैको चासोको बिषय रहन गयो ।

जिम्मी कार्टरले सन् १९७८ मा अमेरिकाको राष्ट्रपतिको रूपमा भारतको भ्रमण गरेका थिए । त्यस समयमा मोरारजी देसाई आफ्नो आमा र श्रीमतीसँग दौलतपुर नसीराबाद गाउँमा गएका थिए ।

जब जिमी कार्टर आफ्नी आमा बेसी लिलियन कार्टर र रोजलिन कार्टरसँग दौलतपुर नसीराबाद गाउँ पुगे, तब त्यहाँको सम्पूर्ण वातावरण बदलियो । अमेरिकी राष्ट्रपतिले उनीहरूलाई यति राम्रोसँग भेट्नेछन भने स्थानिय गाउँलेहरूले कल्पनासमेत गरेका थिएनन् ।

जिमी कार्टरकी आमा नर्स थिइन् र विश्वयुद्धको बेला भारत आएकी थिइन् । उनकी आमा बारम्बार दौलतपुर नसीराबाद गाउँमा आउने जाने गर्दथिन् र जैलदार सरफराजको हवेलीमा जान्थिन् । जुन समयमा जिमी कार्टर उनको गर्भमा आएका थिए । केही वर्ष भारतमा बसेपछि उनी अमेरिका फर्किइन् । त्यसपछि कार्टर जन्मिए ।

तर, उनको आमाको मन भने दौलतपुर नसीराबाद गाउँमा बसेको थियो । यस्तो अवस्थामा जब उनले छोरा भारत भ्रमणमा हुन गइरहेको थाहा पाइन् । त्यसैले उनले दौलतपुर नसीराबाद गाउँ जाने इच्छा व्यक्त गरिन् । जसलाई जिमी कार्टरले पूरा पनि गरिदिए र आमालाई दौलतपुर नसिराबाद गाउँमा लगिदिए ।

दौलतपुर नसीराबाद गाउँका मानिसहरूले जिमी कार्टरलाई यत्ति धेरै मन पराए कि उनीहरूले आफ्नो गाउँको नाम परिवर्तन गरेर नै ‘कार्टरपुरी’ नाम राखिदिए । जिमी कार्टर यहाँ आउँदा तत्कालीन प्रधानमन्त्री मोरारजी देसाई पनि उनीसँगै थिए । गाउँलेहरूले उनलाई भव्यताका साथ स्वागत गरे र हरियाणवी लुगा उपहार दिए । जुन उनले लगाएका पनि थिए ।

अमेरिकाका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको हिजो निधन भएको छ । जिम्मी कार्टरले सन् १९७७ देखि १९८१ सम्म देशको नेतृत्व गरेका थिए ।


Author

थप समाचार
x