जिम्बाबेले खारेज गर्यो मृत्युदण्ड सम्बन्धी व्यवस्था, ६० कैदीको जोगियो ज्यान
काठमाडौँ- विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ ।
यससँगै जिम्बाबेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन । जिम्बाबेका राष्ट्रपतिले यससम्बन्धी कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।
मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाबेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ ।
राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानुन लागु गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया