वाइडेनको अन्तिम विदेश भ्रमण स्थगित
काठमाडौँ- अमेरिकी राष्ट्रपति जो वाइडेनको कार्यकाल अन्तिम विदेश भ्रमण रोकिएको छ ।
उनको कार्याकाल सकिन लागेको १० दिन बाँकी रहदाँ गरिन खोजिएको अन्तिम विदेश भ्रमण रोकिएको हो । अमेरिकी राज्यहरूमा हिम आँधी र भीषण आगलागीसँगै सँगै सुरू भएपछि उनको विदेश भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको हो ।
जसका कारण राष्ट्रपति जो वाइडेनले आफ्नो इटालीको नियोजित भ्रमण रद्द गरेका छन्, जुन उनको राष्ट्रपतिको अन्तिम विदेश यात्रा हुनेवाला थियो।
इटाली जानुको सट्टा वाइडेनले अब लस एन्जलसमा फैलिएको विनाशकारी आगलागीको प्रतिक्रियाको अनुगमन गरिरहेका छन्। यस आगलागीमा ५ जनाको ज्यान गएको छ भने ७० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।
वाइडेन बिहीबार इटाली जाने तयारीमा थिए तर यात्रा रद्दको घोषणा वाइडेन लस एन्जलस गएको केही घण्टा पछि गरिएको हो । क्षेत्रीय अस्पतालमा बुधबार जन्मिएका आफ्ना नातिनातिनालाई भेट्न क्यार्लिफोनिया गएका थिए।
वासिङ्टन फर्कनुअघि उनले क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूबाट आगलागीको उद्धार कार्यको बारेमा जानकारी लिए र वासिङ्टन फर्केपछि उनले यो आगलागीलाई क्यालिफोर्नियाका लागि ठूलो विपत्तिसमेत घोषणा गरेका थिए ।
"राष्ट्रपति वाइडेनले आगामी दिनमा संघीय प्रतिक्रियाको निरीक्षण गर्नको लागि इटालीको आफ्नो आगामी यात्रा रद्द गर्ने निर्णय गर्नुभएको छ," ह्वाइट हाउसका प्रेस सचिव करिन जीन-पियरले जानकारी दिदैँ भने ।
अनियन्त्रित आगलागीले अहिलेसम्म तीन क्षेत्रमा ७० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा आगलागी भएको छ । आगलागीले लस एन्जलसको पश्चिममा रहेको पालिसेडेस, पासाडेनाको उत्तरमा रहेको इटन र सान फर्नान्डो उपत्यकालाई पनि नियन्त्रणमा लिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया