विश्व

“एलए डढेलो: नगरपालिकाको बजेट कटौतीप्रति आलोचना”

इकागज |
पुस २९, २०८१ सोमबार २१:९ बजे

काठमाडौँ - अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा लागेको डढेलोले नगरप्रमुख करेन बासको आलोचना भएको छ । दमकल विभागको बजेट आर्थिक वर्ष २०२४/२५ मा १.७ करोड डलरले कटौती गरेपछि उनको कडा आलोचना भएको हो । 

नगरप्रमुखले स्रोत पर्याप्त रहेको दाबी गरे पनि, अहिलेसम्मकै भीषण डढेलोको क्षतिले जनआक्रोश बढाएको छ। बजेट कटौती मुख्य रूपमा उपकरण खरिदमा केन्द्रित थियो, यद्यपि सिटी काउन्सिलले अन्य दमकल सम्बन्धित खर्चलाई स्वीकृति दिएको थियो।


दमकल विभागका प्रमुख क्राउलीले बजेट कटौतीले आपतकालीन सेवामा असर पुर्‍याउने चेतावनी यसअघि नै दिएका थिए। हालै उनले डढेलोका बेला सेवा सीमित रहेको स्वीकार गरेपछि विवाद थप चुलिएको छ। 

डढेलोका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ, १३ जना बेपत्ता भएका छन्, १० हजार भन्दा बढी भवन नष्ट भएका छन् र १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अनुमानित क्षति १५० अर्ब डलरसम्म पुग्न सक्नेछ । जसले २००५ को हरिकेन कट्रिनाको स्तरलाई झण्डै छोएको छ।


Author

थप समाचार
x