दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार
फाइल फाेटाे
सियोल - दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् ।
गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन ।
भ्रष्टाचार सम्बन्धी विषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ ।
‘युनलाई बुधवार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाई अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने ।
दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ ।
युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो । ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ ।
बुधबार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जबाफ दिन अस्वीकार गरिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया