विश्व

हमास-इजरायल सम्झौता आइतबारबाट तीन चरणमा सकिने

इकागज |
माघ ४, २०८१ शुक्रबार ८:२६ बजे

दोहा- विगत डेढ वर्षदेखि चलिरहेको इजरायल र हमास युद्ध अन्ततः रोकिने संकेत देखिएको छ । 

इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले महत्वपुर्ण भूमिका खेलेका छन् । उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । 


उनका अनुसार सबै कुरा ठीक भएमा वा यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि हमास–इजरायलबीचको युद्धबिराम लागू हुने बताएका छन् । कतारका प्रधानमन्त्रीले आइतबारदेखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणासमेत गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् । 

कतारमा भएको सहमति अनुसार सम्झौताको पहिलो चरणमा हमासले पाँच महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने देखिएको छ भने जसको बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । र, यसको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गरिनेछ । 

सीएनएनको रिपोर्टका अनुसार युद्धविराम घोषणा हुनेबित्तिकै गाजा र इजरायलबीच बफर जोन बनाइने छ । इजरायलले सीमाबाट २ किलोमिटरसम्मको बफर जोनको माग गर्दै आएको छ भने हमासले सन् २०२३ को अक्टोबरसम्म ३०० देखि ५०० मिटरको बफर जोन चाहेको छ । मध्यवर्ती क्षेत्रबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

इजरायल र हमासबीचको युद्ध रोक्ने विषयमा अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन तर स्रोतका अनुसार दुई देशबीच यो सम्झौतामा पुग्न केही महत्वपूर्ण शर्त राखिएको छ । यी सर्तहरू पूरा गरेपछि मात्र यो युद्ध रोकिनेछ ।

यी सर्तहरूमा इजरायलले हमासलाई आफ्ना सबै बन्धकहरूलाई रिहा गर्न आग्रह गरेको छ। बदलामा हमासले पनि इजरायलसँग आफ्नो हिरासतमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ । स्रोतका अनुसार दुईबीच युद्ध रोक्नको लागि भएको यो सम्झौता सुरुका केही साताका लागि मात्रै हो । 

समाचार अनुसार युद्धबिराम सम्झौता तीन चरणमा लागु हुनेछ । जसअनुसार सम्झौताको पहिलो चरणअन्तर्गत हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। जसमा विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धा समावेश हुनेछन् । 

दोस्रो चरणमा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्नेछ । यस अवधिमा दुवै पक्षले आफ्नो सैन्य कारबाही रोक्नेछन् ।

तेस्रो चरणमा बाँकी रहेका शव फिर्ता गर्ने काम हुनेछ । यसपछि इजिप्ट, कतार र संयुक्त राष्ट्र संघको रेखदेखमा गाजामा पुनर्निर्माणको काम सुरु गरिने जनाइएको छ ।


Author

थप समाचार
x