विश्व

क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी

इकागज |
माघ ५, २०८१ शनिबार ९:९ बजे

ओटावा- क्यानडामा जस्टिन ट्रुडोले राजीनामा दिए पछि भारतीय मूलकी सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।

हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।


चन्द्र आर्य मूलतः कर्नाटकको तुमकुर जिल्लाका हुन्, यस हप्ताको सुरुमा उनले क्यानडाको प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेपछि हालै उम्मेदवारी दर्ता गराएका हुन् । 

चन्द्र आर्य क्यानडाको नेपियन क्षेत्रबाट सांसद छन् । आर्यले आफ्नो सम्पदाप्रति गर्व व्यक्त गर्दै यस्तो घोषणा गरेका हुन् । क्यानडाको संसदलाई सम्बोधन गर्दै आर्यले भने,  ‘कर्नाटकको तुमकुर जिल्लाको शिरा तालुकका एक व्यक्ति क्यानडाको संसद सदस्यमा निर्वाचित हुनु पाउनु झण्डै पाँच करोड कन्नडिगाहरूका लागि गर्वको कुरा हो र अहिले उनी कन्नडमा प्रतिष्ठित संस्थानको कार्यक्रममा बोल्दै छन् ।’

चन्द्र आर्यले लिबरल पार्टीको बैठक अघि नै उम्मेदवारी घोषणा गरेका हुन् । हालै उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्,  ‘म क्यानडाको प्रधानमन्त्री पदका लागि चुनाव लड्दै छु, हाम्रो देशले संरचनात्मक चुनौतीको सामना गरिरहेको छ, जसका लागि ठोस समाधान चाहिन्छ । हाम्रा बालबालिका र भावी पुस्ताको समृद्धि सुनिश्चित गर्न हामीले साहसी राजनीतिक निर्णयहरू लिनुपर्छ।’

चन्द्र आर्य एमबीए पूरा गरेपछि सन्‌ २००६ मा क्यानडा गएका थिए र २०१५ देखि नेपियनका सांसद रहेका छन । उनी इन्जिनियरिङ र फाइनान्स पृष्ठभूमिका हुन् यसअघि उनले एक हाईटेक डिफेन्स टेक्नोलोजी फर्ममा लगानी सल्लाहकार र कार्यकारीको रूपमा काम गरेका थिए।

उनी क्यानडाको हिन्दू समुदायको मुखर समर्थक हुन् र विवादास्पद मुद्दाहरूमा स्पष्ट धारणा व्यक्त गरिरहेका हुन्छन्। उनले खालिस्तान समर्थक प्रदर्शनकारीको पनि निन्दा गरेका छन् ।


Author

थप समाचार
x