ह्रवाइट हाउस ध्वस्त गराउन खोज्ने भारतीयलाई अमेरिकामा ८ वर्ष जेल
वासिङटन डिसी- अमेरिकामा बस्दै आएका २० वर्षीय भारतीय नागरिक साई वर्षित कान्डुलालाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।
वर्शीथमाथि भाडाको ट्रकमार्फत ह्वाइट हाउसमा आक्रमण गर्ने प्रयास गरेको आरोप लागेको थियो, जो पुष्टी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी अदालतले सन् २०२३ को मेमा भएको सो आक्रमणको उद्देश्य राष्ट्रपति जो बाइडेनको सरकारलाई ध्वस्त पार्ने उदेश्यले गरिएको पुष्टी भएको छ, जसलाई आरोपित बर्षितले पनि स्वीकार गरेका छन् । वर्शिथको नाजी विचारधाराद्वारा प्रेरित थिए र वाइडेनलाई अर्को तानाशाहीसँग दाँज्दै उनले वाइडेनको सरकार प्रतिस्थापन गराउने उदेश्यसहित ह्रवाइट हाउसमा भाडाको ट्रकले ठोक्कयाउने कोशिश गरेका थिए ।
अहिले अमेरिकी जिल्ला अदालतका न्यायाधीश डब्नी फ्रेडरिकले ह्वाइट हाउसमा आक्रमणको प्रयासमा साई वर्षित कान्डुलालाई दोषी ठहर गरेका छन्। अदालतले दोषीलाई ८ वर्ष कैद र करिब ५७ हजार डलर जरिवानासमेत तोकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया