विश्व

युद्बबिराम अनुमोदन गराउन नेतान्याहुलाइ लाग्यो ६ घन्टा

इकागज |
माघ ५, २०८१ शनिबार १४:३३ बजे

तेल अभिव- इजरायलले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।

इजरायली सरकारले हमाससँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हो, जुन आइतवारबाट सुरु हुने अपेक्षा गरिएको छ।

तीन चरणको सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दीहरूलाई रिहा गर्ने समावेश छ भने बदलामा इजरायली सेनाहरू गाजा पट्टीबाट बिस्तारै फिर्ता हुन सुरू गर्नेछन ।


आइतवार बिहान ८ः३० बजेवाट लागु हुने युद्बबिराम पछि मानवीय सहायताका लागि खाधान्न र स्वास्थ्य सामाग्री बोकेका ट्रकहरू निर्वाध रूपमा प्रवेश गर्न अनुमति दिइने छ।

इजरायली मन्त्रिपरिषद्ले ६ घण्टाभन्दा बढीको बैठक पछि यो सम्झौतामा सहमति जनाएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारका अति दक्षिणपन्थी सदस्यहरूले भने सम्झौताको विपक्षमा मतदान गरेका छन् ।
 


Author

थप समाचार
x