युद्धविरामको घोषणा पछि इजरायलद्वारा १२२ प्यालेस्टाइनीको हत्या
गाजा - हमास र इजरायल बीचको युद्ध भोलिबाट समाप्त हुँदैछ ।
कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ध बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।
तर, युद्धविराम भएको घोषणा भए पछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको संख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।
हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित कम्तीमा १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ ।
सबैभन्दा बढी ९२ जना गाजा सहरमा छन् भने १९ जना खान युनिस र १० मध्य गाजामा र दुई जना दक्षिणमा रफाहमा मारिएको उद्धार सेवाका प्रवक्ता महमूद बसालले टेलिग्राममा बताएका छन् ।
उनका अनुसार सो सम्झौतापछि २७० भन्दा बढी प्यालेस्टाइनी पनि घाइते भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया