विश्व

चीनमा ६५ नयाँ वनस्पति प्रजातिको खोज

इकागज |
माघ ६, २०८१ आइतबार ७:५९ बजे

कुन्मिङ- चीनको राष्ट्रिय वनस्पति जर्मप्लाज्म रिसोर्स सेन्टरले सन् २०२४ मा ६५ वटा नयाँ वनस्पति पत्ता लगाएको छ । यसमध्ये ४० नयाँ प्रजातिहरू थिए ।

दक्षिणपश्चिम चीनको युनान प्रान्त र सिजाङ स्वायत्त क्षेत्रमा ४५ प्रतिशत वनस्पति खोजी गरिएको केन्द्रले जनाएको छ ।


यसले यी मध्ये केही वनस्पति प्रजातिहरूलाई सङ्कलन र संरक्षण गरेको छ । चीनले जङ्गली वनस्पति स्रोतहरूको संरक्षण र विस्तार प्रविधिहरूमा थप अनुसन्धान गर्नेछ ।

सन् २०१७ मा स्थापित, नेशनल वाइल्ड प्लान्ट जर्मप्लाज्म रिसोर्स सेन्टर चाइनिज एकेडेमी अफ साइन्सेसको कुनमिङ इन्स्टिच्युट अफ वनस्पति विज्ञानद्वारा निर्माण र सञ्चालन गरिएको हो । (सिन्ह्वा) 


Author

थप समाचार
x