विश्व

हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो- 'सूची नदिएसम्म युद्धविराम सुरु हुन्न'

इकागज |
माघ ६, २०८१ आइतबार १२:५२ बजे

तेलअभिव- आजबाट सुरू हुने भनिएको हमास–इजरायल बिचको युद्बबिराममा ढिलाइ भएको छ ।

हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्बजनिक नगरेको भन्दै इजरायलले युद्बबिरामको समय सिमा बढाएको छ । 


इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजामा स्थानिय समय अनुसार बिहान ८:३० बजेबाट सुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम सुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन् ।

‘प्रधानमन्त्रीले आइडीएफलाई निर्देशन दिनुभएको छ कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म सुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ ।

हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ गरेको उसको आरोप रहेको छ । यद्दपी, गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ ।


Author

थप समाचार
x